काठमाडौं । सप्तरीमा सवारी दुर्घटनामा परि तीजनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा भएका दुई दुर्घटनामा परि तीनजनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका हुन् । प्रहरीले दिएको जानकारी अनुसार कञ्चनरुप नगरपालिकामा दुई जना र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २-०२-००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा कारमा सवार सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परेर घाइते भएका १२ जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाइ रहेको छ । काठमाडौं । सप्तरीमा सवारी दुर्घटनामा परि तीजनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा भएका दुई दुर्घटनामा परि तीनजनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार कञ्चनरुप नगरपालिकामा दुई जना र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २-०२-००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा कारमा सवार सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परेर घाइते भएका १२ जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाइ रहेको छ । त्यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


