Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रेडक्रसद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण


ग्लोबल पाना
मंगलबार, फागुन १६ २०७९
  • 337
    SHARES

  • images
    रेडक्रसद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हुन् ।

    images
    images
    images

    काठमाडौँं महानगरपालिका भित्रका २० तथा कीर्तिपुर नगरपालिकाको एउटा सरकारी विद्यालयलाई ती सामग्री उपलब्ध गराएको हो । सामग्री पाउने विद्यालयमा दरबार हाइस्कुल रानीपोखरी, अन्नपूणर् मावि कान्तिपथ, ज्याठा, ट्यौड मावि तलाछी, शान्ती शिक्षा मावि थहिटी, नेपाल आदर्श मावि गणबहाल, शान्ती निकुञ्ज मावि भगवतीबारी, बसन्तपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय ढल्को, कन्या मन्दीर मावि क्षेत्रपाटी, नेपाल युवक स्कुल पकनाजोल, सिद्धिगणेश मावि सोह्रखुट्टे, गीतामाता मावि विजेश्वरी, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि प्रदर्शनीमार्ग, पद्मोदय विद्याआश्रम डिल्लीबजार, कमल आधारभूत विद्यालय कमलपोखरी, बुद्धनगर आधारभूत विद्यालय बानेश्वर, बाल ब्यवसायी केन्द्र    सिफल, मङ्गलादेवी मावि  गौशाला, कोटेश्वर सरस्वती मावि कोटेश्वर र कीर्तिपुर मावि कीर्तिपुर रहेका छन् ।

    ती सामग्री नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, रेडक्रसका मन्त्री बृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, जिल्ला सदस्यद्वय श्यामलाल तण्डुकार र लक्ष्मीप्रसाद कुँइकेल तथा जिल्ला शाखाका सल्लाहकार उत्तमनारायण महर्जनले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई हस्तान्तरण गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ