Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, विष सेवनपछि अस्पताल भर्ना


ग्लोबल पाना
बिहीबार , फागुन १८ २०७९
  • 230
    SHARES

  • images
    सर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, विष सेवनपछि अस्पताल भर्ना

    काठमाडौं । सामाजिक सञ्जालमा भाइरल रहेकी सर्मिला वाइबाले आत्महत्याको प्रयास गरेकी छिन् । केही वर्ष अगाडिदेखि युट्युबरहरुको हट कन्टेन बन्दै आएकी उनले बुधबार बेलुका विष सेवन गरेकी हुन् । उनका विभिन्न अन्तरवार्ताहरु लिने गरेका एक युट्युबरका अनुसार वाइबाले साँझ आफ्नै निवासमा विष सेवन गरेकी थिइन् । विष सेवनपछि उनलाई नजिकै रहेको ग्राण्डी अस्पतालमा लगिएको थियो ।

    images
    images
    images

    ग्राण्डी अस्पतालले वीर अस्पताल रिफर गरेपछि उनको रगत जाँच गरिएको थियो । टिचिङ अस्पतालबाट उनको रगतको रिपोर्ट आएपछि चिकित्सिकले उनलाई अइसीयूमा राखेर उपचार गरिरहेको ती युट्युबरले जानकारी दिए । सर्मिला अहिले केही बोल्न थालेको र खतरामुक्त रहेको बताइएको छ ।

    अघिल्लो वर्ष अभिनेता पूणर्विक्रम उर्फ पल शाह पक्राउ पर्दा पीडितको विपक्षमा रहेर अभिव्यक्ति दिएपछि उनी चर्चामा आएकी थिइन् । त्यसपछि उनले क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा पनि उनले पीडितको विपक्षमा रहेर अभिव्यक्ति दिएकी थिइन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थक रहेकी उनले लामिछाने नेतृत्वको पार्टीले सरकारबाट बाहिरिने निणर्य गरेको दिन माघ २२ गते पत्रकार ऋषि धमलाबाट आफूपीडित भएको भन्दै थप चर्चा बटुलेकी थिइन् । आफू धमलाको अघोषित पत्नी रहेको र धमलाबाट एक बच्चासमेत जन्मिएको उनको भनाइले सनसनी मच्चिएको थियो ।

    त्यसको दुईदिन पछि नै सर्मिलाले बोली फेर्दै आफूले आवेगमा आएर त्यस्तो बोलेको बताएपछि लामिछानेका समर्थकहरु उनी विरुद्ध खनिएका थिए । रविका समर्थकहरुले सामाजिक सञ्जालमा निरन्तर गरेको प्रहारबाट उनी केही समय अगाडिदेखि डिप्रेसनमा रहेको उनी निकटकाले बताएका छन् ।

    आफूले विष सेवन गर्नुमा चितवनका एक युट्युबर र धमला स्वयम् जिम्मेवार रहेको सर्मिलाले बताएको उनी निकट एक युट्युबरले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ