Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कुलिन घरको पर्खाल भित्रका जीवन जगतका समयका तनावहरु र यसको व्यवस्थापन !


ग्लोबल पाना
सोमबार, फागुन २२ २०७९
  • 574
    SHARES

  • images
    कुलिन घरको पर्खाल भित्रका जीवन जगतका समयका तनावहरु र यसको व्यवस्थापन  !

    "श्रमको सम्मान गर्ने र श्रममा रमाउने परिपाठी विकसीत गरौं जसवाट कुलिन घरको पर्खाल भित्रका समयका तनावहरु व्यवस्थापन गर्नेछ जो आजको आवश्यकता हो"

    लेखकः (जी .पौडेल, श्रमजिवी कर्मचारी) 

    images
    images
    images

            उ कुलिन घरको पर्खाल भित्र छ, वाहिर केहि भनौ कुलको इज्जत वदनाम हुने डरमा केहि कुरा वाहिर आउदैन । घरमा कस्कोे व्यवहार कस्तो छ भन्ने कुरा उसलाई जीवनका भोगाइले मात्र जानकारी गराएको छ । कैयो पटक उस्को चित्त दुखेको छ कहिले कांहि त घर छोडेर एकान्त जंगलमा गएर शान्तिसंग वसुं कि झै पनि लागेको  थियो भने कहिले काहि त उसलाई जे जे गर गर भनेर आत्महत्या गरेर प्राण त्याग गरौं कि भन्ने पनि भान चलेको हुन्छ भन्ने उसको भनाइ रहेको छ । तर संसारको रितीस्थिती र मनलाई सम्झाउदै फेरि उ घरकै दिवार भित्र सम्हालिन पुग्छ । यसरी उसको मनमा कैयौ पटक अशान्तिको आगो भित्र भित्र वलेको छ ।

    घर परिवारले आफु र आफ्नो परिस्थिती नवुझि तनाव दिने आफुं केहि नगर्ने तर अरु कोहि माफियाको  धन सम्पतिको  तुलना गरी उसैलाई मात्र उस्ले यसो गर्यो, उसो गर्यो भन्ने नकरात्मक कामको तुलना गरी उसलाई समाजमा कमजोर देखाउदा कतिपय इमान्दार व्यक्तिहरुमा तनाव थपिनु स्वाभाविक हुन सक्दछ । कसैको दभावमा प्रभावमा सो अनुकुल काम गर्नुपर्दा उसको मनमा कैयौ पटक अशान्ति छाएको अनुभव उ वाट सुनिएको छ ।

    उ  अफिसमा, व्यवशायमा कार्य व्यस्थताले तनावमा घरमा आउछ तर घरमा आउदा शितलताको खुशीको अपेक्षा गरेकोमा तनाव झन वढी थपिन्छ र उ उसको माया गर्ने आमाले भनेका कुरा व्यवहार यसरी सम्झन्छ कि आमाको मृत्युसंगै उसलाई घरमा माया गर्ने अव कोही छैन, हुन पनि त्यसमा उसको जीवनको भोगाइमा ती घट्नाहरुले अमिट छाप दिएका छन किनकी उ कतैवाट मध्यरातमा आउदा पनि दुख नमानी खाना खायौ खाएनौ ? भोकै छौ कि वावु ? भन्ने र विना कुनै हिचकिचावट र वचन खाना वनाउने आमाको तुलनामा अव सोध्ने पनि कोहि छैन र खानै परे पनि कर्कस वचनले दिएको खाना खान भन्दा नखान नै वेश भनेर भोकै सुतेका कैयौ रातहरुको अनुभव र वढी वोले मारिदिन्छु भनेर  श्रीमती ज्यूले छोरा छोरीले  हतियार सहित ताकेका अनुभव उसंग छ रपनि यस्तै कुल इज्जतको कारण तनाव दवाएर राख्छ तर उ कतै वोल्दैन ।

    त्यस्तै गरी अहिलेको समयमा घर घरमा फेस वुक र टिकटक चलाएर वसेकी श्रीमती श्रीमानले कसै साथि संगि केटीमान्छेको संजालको पोष्टमा मनपर्यो वा यस्तै चिन्ह जनायो भने अव घरमा पुगेर उसले अव के भनाई खानुपर्ने हो भन्ने सोच उ मा आइपरेको अर्को थरी तनाव समेत गरी यसरी थरी थरीका तनावमा आजको मानिस जिइरहेको हुन्छ । आजकल राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक मन्दिले निम्ताएको व्यवशायिक तनावको कारण मानिसहरु निकै अप्टयारोमा परिरहेको समयमा घर परिवारको माया, हौसला र मिठो बोली जो कोहिलाई पनि आवश्यक छ ।

    यसमा पनि धैर्यता कायम गर्न नसक्दा केहि व्यवशायीले जीवन गुमाएका घट््ना परिघट्ना वढीरहेको देखिन्छ । जीवन भोगाइका समस्याहरु अनेक हुन सक्छन तीनलाई तनाव रहित तवरले जीउन जानिएन भने जीवन दुखदायी हुन पुग्छ । तसर्थ आफ्नो जीवनलाई सकारात्मक सोचाईका साथ कसैकोसंग तुलना नगरी आफुले राम्रो कर्म गरौं, छोटो समयमा वढी अपेक्षा गरेर गलत वाटोवाट छिठो धनि वन्न खोज्ने प्रयास कदापी पनि नगरौं । आफ्रनो कर्ममा रमाउ र कर्मलाई व्यवस्थापन गर्दै कसरी सुन्दर वनाउने भन्ने प्रण गरौं समयले तपाई हाम्रो जीवन यसै सुन्दर वनाउंछ ।

    हाम्रो समाजमा अहिले कतिपय मानिसहरु आफ्नो कुलिनताको नाममा आय आर्जन गर्न सकिने कर्म पनि नगरी वसिरहने र परिवारको कुनै एक सदस्यको भरमा वस्नुपर्दा पारिवारिक तनाव समेत भै रहेको हुन सक्दछ यसमा रोजगार सदस्यलाई खर्चको जोहो र आवश्यकता पुरा गर्न नसक्ने दोष दिंदा मैले के कर्म गरेको छु यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ सोच सवै सदस्यमा रहनु आवश्यक हुनु राम्रो हुन सक्दछ र अनुत्पादक कार्यमा भौतारी हिड्ने परिपाठीमा आफ्रनो आत्मलाई सांची राखेर के सिपमुलक कार्य गरेर म पनि पारिवारिक खर्चमा योगदान गर्न सक्छु ? भन्ने सोच राख्ने गरेको खण्डमा आपसि पारिवारिक शान्ति समेत कायम हुन सक्दछ ।

    प्रतिकुल समयमा सवैको योगदान महत्वपूर्ण हुन सक्दछ र स्वआर्जनवाट भएको कमाइको प्रत्येक सदस्यलाई महत्व पनि लाग्न सक्ने र भविष्यको लागी लगानी गरी आफ्रनो जीवन सुरक्षित वनाउने तर्फ सोच पनि विकसित हुन सक्दछ यसले समग्र परिवार, समाज र अन्त्त समग्र राष्टलाई नै फाइदा पुर्याउन सक्दछ । 

    सीपमुलक व्यवशायीक कर्महरु गर्न लजाउने कुलिन सोचमा परिवर्तन गरी विकसित देशहरुको जस्तै श्रमको सम्मान गर्ने र श्रममा रमाउने  परिपाठी विकसीत गरौं जसवाट कुलिन घरको पर्खाल भित्रका समयका तनावहरु  व्यवस्थापन गर्नेछ जो आजको आवश्यकता हो । 

                                                       

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ