Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई


ग्लोबल पाना
बिहीबार , चैत २ २०७९
  • 245
    SHARES

  • images
    विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् ।

    images
    images
    images

    ‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भनेका छन् ।

    नेपाली क्रिकेट टिम यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको हो । आजको जितसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ