Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कर्णाली राजमार्गमा जीप दुर्घटना, १४ जना घाइते, २ को अवस्था गम्भीर


ग्लोबल पाना
सोमबार, चैत २० २०७९
  • 241
    SHARES

  • images
    कर्णाली राजमार्गमा जीप दुर्घटना, १४ जना घाइते, २ को अवस्था गम्भीर

    सुर्खेत । दैलेखमा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार दिउँसो १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको उक्त जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ। जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको छ।

    images
    images
    images

    घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुलाई उद्धार गरी सुर्खेततर्फ पठाउने पहल भइरहेको छ। घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका-७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका-२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ-५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया गोपिकला विष्ट, ७ नम्बर वडाकी ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी रहेका छन्।

    यस्तै, नरहरिनाथ गाउँपालिका-७ कै ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षका भुवन बटाला, सोही पालिका-५ बस्ने १२ वर्षीय शुवास सहकारी र जीप चालक नरहरिनाथ-७ का २४ वर्षीय धन बहादुर बटाला घाइते भएको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ