Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो छ डा. चन्द्र भण्डारीको पछिल्लो अवस्था


ग्लोबल पाना
शुक्रबार, चैत २४ २०७९
  • 225
    SHARES

  • images
    यस्तो छ डा. चन्द्र भण्डारीको पछिल्लो अवस्था

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमश सुधार हुँदै गएको छ । पछिल्लो जानकारी अनुसार डा. भण्डारीको अनुहारकोछाला राम्रो भइरहेको छ ।

    images
    images
    images

    भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारारत डा. भण्डारीको काउन्सिलिङ डा. सुनिल मनोहर केश्वानीले गरिरहेका छन् । अहिले उनको बायाँ हातको पट्टी खोलिएको, ग्राफ्टिङ राम्रो भइरहेको, ज्वरो नआएको खबर प्राप्त भएको छ ।

    ड्रेसिङ गरिएको, डोनर क्षेत्र अझै भिजेको तर सुधार राम्रो भइरहेको, सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य रहेको पनि बताइएको छ । फागुन ३ गते बुद्धनगरमा रहेको आफ्नै निवासमा खाना पकाउने ग्यास लिक भएर स्पार्क विष्फोट हुँदा उनीसहित उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।

    हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते नै निधन भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ