अशिम सापकोटा
पुष्प प्रवद्र्धन नीति, २०६९ ले पुष्प खेतीको विस्तार गर्ने, निजी क्षेत्रको पहुँच वृृद्धि गर्ने, कृषकलाई व्यावसायिक बनाउने, स्थानीय आनुवंशिक उत्पादनको संरक्षण गर्ने लगायतका कुरामा जोड दिन थालेपछि यो व्यवसायले अझै गति लिन थालेको देखिन्छ तर, भनेजस्तो नीति कार्यान्वयन गर्न सरकार उदासीन रहेको व्यवसायीहरुले बताउने गरेका छन् ।
नेपालमा पुष्प व्यवसायको विकास र सुरुवात २००७ सालदेखि थोर बहुत सुरुवात भएको देखिन्छ भने ०१०/११ मा नर्सरी सुरुवात गरिएको इतिहास छ । नेपालमा ०४२/४३ मा आइपुग्दा कृषक पुष्प खेतीतर्फ विशेष आकर्षित भएको समेत देखिन्छ । यसै सिलसिलामा पुष्प क्षेत्रको संस्थागत विकास गर्न निजी क्षेत्रको पहलकदमीमा नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को स्थापना २०४९ भएको थियोे ।
हालसम्म हजारौँ व्यवसायीहरू संस्थागत रूपमा पुष्प व्यवसायमा संगठित भएका छन् । पछिल्लो दशकमा पुष्प क्षेत्रमा विस्तार भएको नै देखिन्छ जसको प्रमाण वार्षिक १०-१२ प्रतिशतले व्यापार वृद्धि भइरहेको लाई नै मान्न सकिन्छ । पुष्प प्रवद्र्धन नीतिले हरेक कृषकलाई संगठित गरी क्षमता विकास गर्ने लक्ष्य लिएको भएपनि सरकार किन भनेजस्तो नीति कार्यान्वयन गर्न चाहँदैन ? सरकारले कृषकलाई सधै कृषककै रूपमा सीमित गर्न चाहन्छ, व्यवसायी बनाउन किन चाहन्न ? यस्ता प्रश्न पुष्प व्यवसायीबाट आइरहेको छन् ।
स्थानीय र प्रदेश सरकारहरूले व्यक्तिगत र व्यवसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श, सहयोग र तालीम दिने, फूल खेतीमा लागेकालाई प्रोत्साहन, आर्थिक-प्राविधिक सहयोग, यातायात-बजारको व्यवस्थापन गरी अध्ययन अनुसन्धान र आधुनिक प्रजनन प्रविधि प्रयोग बाट नेपालको माटो सुहाउने फूलका बीउहरू उत्पादन गर्ने, विभिन्न देशका सरकार र अन्य विदेशी संघसंस्थाहरुसंग समेत सहकार्य र सहयोगको लागि आग्रह गर्ने, निर्यात गर्ने बजारको पहिचान गर्ने, फूल छिट्टै नाश हुने बस्तु भएकोले भण्डारण र प्रशोधन गर्ने स्थान, बजारमा पुर्याउन तीव्र कनेक्टिभिटी वा ढुवानीका साधन र कार्गो जस्ता कुराहरूको व्यवस्थापन गर्ने जस्ता कुराहरुमा ध्यान दिनैपर्छ ।
साथै संघिय सरकारले पुष्प व्यवसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन, आन्तरिक बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा जोड दिनु पर्ने देखिन्छ । पूष्प व्यवसायको दिगो व्यवसायिकरणका लागि गुणस्तरिय उत्पादन, संकलन, भण्डारण, बजारीकरण र निर्यात प्रबद्र्धन गर्नु आजको आवश्यकता हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


