✍️अशिम सापकोटा
यतिबेला पहाडका डाँडा-खर्क पहेंलपुर छन्, ऐसेलुले । मझौला काँडेदार बुट्यान (झाडी)मा फल्ने यो फल कस्तो हुन्छ ? धेरैले जवाफ दिन सक्छन् । किनभने यो सर्वप्रिय फल हो, सित्तैमा पाइने । हुन त अहिले ऐसेलु अहिले बिक्री पनि गर्न थालिएको छ । साथै ऐसेलुको जुसदेखि वाइनसम्म बनाउन थालिएको छ । खासगरी पहाडी भीर-पाखामा जताततै पाइन्छ, ऐसेलु । यो चैत्र-वैंशाख-जेठ महिनामा फल्छ । ऐंसेलु रसिलो, गुलियो हुन्छ । सेता फुलबाट चिचिला लाग्ने र फल पाक्दै जाँदा यो पहेंलो हुन्छ । मुख्य सिजनमा ऐंसेलु लटरम्म फल्छ । ऐसेलुको खास विशेषता भनेको, यसलाई रोप्नु, स्यहार्नु, काटछाँट गर्नुपर्दैन । आफै उम्रिन्छ, फल्छ । त्यो पनि बषौं, बर्षसम्म । ऐंसेलु हत्तपत्त मासिने वनस्पति पनि होइन । यो ज्याद्रो र दीगो हुन्छ । जुनसुकै मौसममा पनि हराभरा हुने ।
अहिले बजारमा थरीथरीका फल पाइन्छ । नेपाली माटोमा नफल्ने र नेपाली जिब्रोमा खासै अभ्यस्त नभएका फलफूल पनि उपलब्ध छ । यसैगरी आयतित फलफूलको व्यवसायिक खेती गरिदैछ । हामीले नसुनेका र नजानेका फलहरु अहिले बजारमा छ्यापछ्याप्ती छन् । तर, बजारमा उपलब्ध सबै फलको शुद्धतामाथि निर्धक्क हुन सकिदैन । अहिले फल फलाउन, भण्डारण गर्न, आकर्षक देखाउन कतिपय किटनाशकदेखि अखाध तत्व मिसाउने गरिएको छ । ऐसेलु भने ढुक्कले खाए हुन्छ । ऐसेलुका लागि न किटनासक औषधी प्रयोग गर्नुपर्छ, न कुनै रसायन । यो पूणर् जैविक फल हो ।
यसैगरी अहिले बजारमा बेमौसमी फलफूल बढी देखिन्छ । वेमौसमी खेती गरेर उत्पादन गरिएको वा भण्डारण गरेर बेमौसममा निकालिएको । यस्ता फलफूल भन्दा मौसमी फलफूल बढी उपयोगी र स्वस्थ्यवद्र्धक हुन्छ । यस हिसाबले पनि ऐसेलु जस्तो निश्चित मौसममा पाइने फल खानु लाभदायक छ ।
कहाँ पाइन्छ ?
ऐसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।
के पाइन्छ ऐसेलुमा ?
ऐसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।
ऐसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ । पेटको समस्या, टाउको दुखाई आदिको उपचारमा ऐसेलुको जरा उपयोगी हुन्छ ।
यसैगरी ऐसेलुको जराको पेस्ट बनाएर लगाउँदा शरीरका बाहिरी घाउहरु निको हुन्छ । पेस्टिक अल्सरको उपचारमा समेत ऐसेलुको पात प्रयोग गरिन्छ ।
ऐसेलु बेचेर आम्दानी
केही समययता नेपालमा ऐसेलुको वाइन पनि बनाउन थालिएको छ । यसरी वाइनका लागि ऐसेलुको खपत हुने भएपछि तेह्रथुमका कतिपय भेगका किसानले यसबाट राम्रै्र आयआर्जन लिइरहेको पाइन्छ । काठमाडौँ लगायत अन्य शहरहरुमा समेत सिजनमा फाट्टफुट्ट ऐसेलुको बिक्रि गरीरहेको देखिन्छ ।
जानकारहरुको सहयोगमा तयार गरिएको
यो तयार गर्ने रिपोर्टकता अशिम सापकोटा एग्रो टाइम्स मिडिया नेटवर्क तथा एग्रो टाइम्स मासिक पत्रिकाका समेत संस्थापक रहेका छन् । साथै उनी स्पेस फोरके टेलिभिजनबाट हरेक दिन प्रसारण भईरहेको लोकप्रिय टेलिभिजन कार्यक्रम समृद्ध कृषि र नेपाल एफएम नेटवर्क ९१.८ मेगाहर्ज सहित देशैभर हरेक दिन बिहान प्रसारण भईरहेको लोकप्रिय कार्यक्रम कृषि सवालका समेत संयोजक रहेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


