Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुन सक्ने


ग्लोबल पाना
आइतबार, वैशाख १७ २०८०
  • 239
    SHARES

  • images
    राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुन सक्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।

    images
    images
    images

    ‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली (आइतबार)सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।

    छात्तिमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । गत बैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लागेका हुन् ।

    छात्तिमा समस्या देखा परे पछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।

    rastapati dilli.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ