Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने : मेयर बालेन


ग्लोबल पाना
आइतबार, वैशाख १७ २०८०
  • 274
    SHARES

  • images
    काठमाडौं महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने : मेयर बालेन

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको हो ।

    images
    images
    images

    यसबारेमा आज मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत् थप प्रष्ट पार्नुभएको छ। नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निणर्य गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ। यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ ।

    तर यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ। कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूणर् छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ ।

    कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ। विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ। तर यो उपनियम लागू हुनु अगावै नियम विपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक-सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने महानगरले जनाएको छ।

    मेयर शाहले नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्नुभएको छ। नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने उहाँले चेतावनी दिनुभएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ