Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आगोमा जलेर कुनै नेपालीले मर्न नपरोस् : सांसद भण्डारी


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 276
    SHARES

  • images
    आगोमा जलेर कुनै नेपालीले मर्न नपरोस् : सांसद भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा. भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए ।

    images
    images
    images

    उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन् । त्यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताए । आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निणर्य गरेकोमा खुशी समेत व्यक्त गरे । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ