Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गौतम बुद्ध भौतिकबादी र द्वन्द्ववादी हुनुहुन्थ्यो : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
शुक्रबार, वैशाख २२ २०८०
  • 317
    SHARES

  • images
    गौतम बुद्ध भौतिकबादी र द्वन्द्ववादी हुनुहुन्थ्यो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धमा भौतिकबादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै  प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको समेत जनाएका छन् । 

    images
    images
    images

    ‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भनेका छन, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’ 

    नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूणर् मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूणर् मानिने गरिएको प्रधानमन्त्रीको भनाई छ । ‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।’

    यस महत्वपूणर् अवसरमा बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूणर् सबै बौद्धक्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक सम्पूणर् नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ