Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेल हाल्नुपर्छ : मन्त्री किराती


ग्लोबल पाना
शनिबार, वैशाख ३० २०८०
  • 295
    SHARES

  • images
    देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेल हाल्नुपर्छ : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका छन्। बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका हुन्।

    images
    images
    images

    नेपालीलाई सुख र नेपालको बिकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे। मन्त्री किरातीले अव ढिलो नगरि ठूला ठूला भ्रष्टाचारका फाइलहरु खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए।

    हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरु नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाले समय भन्दा ठूलो केहि नभएको जिकिर गर्नुभयो । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा मन्त्री किरातीले बाहिङ-नेपाली-अग्रेजी शव्दकोष बिमोचन गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ