काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् ।
उनले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सो प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्नुपर्ने उनको माग छ ।
‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठा पुगिसकेको रहेछ,’ उनले भनिन्, ‘म त्यति सोसल मिडियामा एक्टिभ छैन ।
तर यो देख्दाचाहिँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्यो । मैले छ दिन अगाडी फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएकी थिएँ ।
दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठुलो नेताको श्रीमती भनेर । ३ घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु ।
अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदापनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ?’ फेक अडियो आफ्नो मात्रै नबनेको भन्दै उनले अरु अरुको पनि बनेको दाबी गरिन् ।
उनले भनिन्, ‘तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु- महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु ।
तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडीपनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टकासाथ आउनुपर्छ ।’
.gif)




 x 450 (H) Global Pana.jpeg)


