भरतपुर । चितवन उद्योग संघको आयोजना तथा बागमती प्रदेश उद्योग परिसंघको समन्वय र इन्स्योर परियोजनाको सहयोगमा उद्योगहरुमा प्रयोग हुने मेशिनहरुलाई कम्प्युटराईज्ड सिष्टममा सञ्चालन गर्न अत्यन्त सहयोगी हुने पिएलसि तालिमको शुभारम्भ गबरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न तालिम शुभारम्भ कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद अधिकारीले पिएलसि तालिमले उद्योगहरुमा दैनिक प्रयोग हुने प्राविधिक कठिनाईको समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
उद्योगहरुमा प्रयोग हुने मेशिनहरुलाई कम्प्युटराईज्ड सिष्टममा सञ्चालन गर्न लागिएको तालिमले स–साना समस्याहरुबाट उद्योगहरुमा पर्ने समस्याले उद्योग नै बन्द हुने अवस्थालाई न्युनिकरण गर्न सक्ने हुँदा तालिम निकै फलदायी हुने बताउनुभयो ।
२४ दिनसम्म सञ्चालन हुने तालिमलाई पिएलसि तालिम कार्यक्रमका अर्जुन कुमार रौनियारले प्रशिक्षण दिनुहुनेछ । तालिममा जिल्लाभित्रका विभिन्न २२ वटा उद्योगहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिम शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, इस्स्योर परियोजनाका कुश बहादुर गुरुङ, इन्स्योर परियोजनाकी फिल्ड मोनिटर रुपा गुरुङ, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद सहित तालिमको शुभारम्भको घोषणा गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


