Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महानगरको कुनैपनि कर्मचारीले भ्रष्टचार गरेको थाहा पाए मलाई खबर गर्नुहोस् : मेयर बालेन


ग्लोबल पाना
मंगलबार, जेठ २ २०८०
  • 293
    SHARES

  • images
    महानगरको कुनैपनि कर्मचारीले भ्रष्टचार गरेको थाहा पाए मलाई खबर गर्नुहोस् : मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन्। काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर साहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्।

    images
    images
    images

    ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्‍यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला।

    उनले अगाडि मोबाईल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ