Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आज मदन आश्रित स्मृति दिवस, बल्खुमा एमालेको विशेष कार्यक्रम


ग्लोबल पाना
बुधबार, जेठ ३ २०८०
  • 201
    SHARES

  • images
    आज मदन आश्रित स्मृति दिवस, बल्खुमा एमालेको विशेष कार्यक्रम

    काठमाडौं । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार  मदन नगर, बल्खुमा बिशेष कार्यक्रम गर्दैछ ।

    images
    images
    images

    एमालेका अनुसार ‘मदन-आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

    विहान ७.४५  बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ । जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूणर् दुर्घटनाबाट निधन भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ