Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भालुको आक्रमणबाट तनहुँमा १ जना घाइते


ग्लोबल पाना
बिहीबार , जेठ ४ २०८०
  • 234
    SHARES

  • images
    भालुको आक्रमणबाट तनहुँमा  १ जना घाइते

    तनहुँ। व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास-८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।

    images
    images
    images

    आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो ।

    विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ