Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एक जनाले पाच जनाको जीवन बचाउन सकिन्छ: डा. लक्ष्मी पन्थी


ग्लोबल पाना
मंगलबार, जेठ ९ २०८०
  • 817
    SHARES

  • images
    एक जनाले पाच जनाको जीवन बचाउन सकिन्छ: डा. लक्ष्मी पन्थी

    गण्डकी । गण्डकी आयुर्वेद औषधालय लेखनाथ, कास्कीको आयोजनामा गण्डकी प्रदेश कृषि अनुसन्धान निदेशनालय लुम्ले कास्किमा क्षमता अविबृदी तालिमअन्तरगत दुई दिने "तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ" वा यु क्यान सेभ फाइभ लाइभ्स" तालिम सम्म्पन्न भएको छ।

    images
    images
    images

    सो कार्यक्रम्मा गण्डकी आयुर्वेद औसधालय साथै मातहतमा रहेका नागरिक आरोग्य सेवा केन्द्र र कास्की जिल्ला स्थानीय तथा अन्तर्गत रहेका आयुर्वेद स्वास्थ्य सस्थामा कार्यरत आयुर्वेद डाक्टरहरु, सामाजिक बिकास मन्त्रालयका डाक्टर हरु, ल्याब टेक्निसियनहरु, ड्राइभर, स्वास्थ्यकर्मीहरु र अन्य कर्मचारीहरु सहभागी थिए।

    कार्यक्रम सन्चालन वरिष्ठ कविराज निरीक्षक (अधिकृत सातौ) - नवीन किरण भुसालले गर्नुभएको थियो। कार्यक्रममा अतिथि डा. लक्ष्मी पन्थीले पाच आपतकालीन अबस्थामा ५-७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा तत्काल देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभएको थियो।

    सो तालिममा

    १. घाटिमा तत्काल केही अडकिएर या सर्किएर निसासिदै गरेको बिरामिलाइ तीन मिनेटमा बचाउन गरिने बिधि

    २. हृदय घात हुदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी

    ३. रक्तस्राव तत्काल रोक्ने बिधि

    ४. बेहोस हुदा अपनाउनु पर्ने CPR विधि

    ५. संघात

    received_628202166019149.jpeg
    undefined

    यस्ता अत्यन्तै आपतकालीन अब्स्थाहरु जस्लाइ आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थलमा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु सिकाइएको डा. पन्थीले बताउनुभयाे । तालिममा सहभागी डाक्टर र स्वस्थकर्मीहरुले यस्तो तालिमले मेडिकल ज्ञान र सिपलाइ थप उजागर गर्न सहयोग मिलेको र नियमित पुनर्ताजगी गरिनुपर्छ साथै गण्डकी औषधालय कार्यलय प्रमुख डा. कुमार कासुलाले डाक्टर लक्ष्मीको एक जनाले पाच जनाको जीवन बचाउने अभियानले सम्पुर्ण स्वस्थकर्मिहरुलाई ज्ञान र सीप बिकास भएकोले थप हजारौं ज्यान बचाउन सकिन्न्छ भन्ने प्रतिबद्धता दिदै यो तालिम ल्याइदिनुभएकोमा डा लक्ष्मी लाई धेरै धन्यवाद दिनुभयो।

    यो जीवन बचाउने तालिम हरेक नागरिक विशेष गरि प्रहरी, सुरक्षाकर्मी, स्वस्थकर्मी, स्कुलमा बिध्यार्थी तथा सिक्षकहरुलाइ पनि दिनुपर्छ। यस्का लागि डा लक्ष्मीको यो अभियानलाई नेपाल सरकार र प्रदेश सरकारले पनि सहयोग गरोस भन्दै अभियान सफलताको कामना मुक्तकन्ठ्ले गरेका थिए।

    डाक्टर लक्ष्मी पन्थीको यो जीवन बचाउने आभियान यसअघि माननीय पुर्ब सामाजिक बिकास मन्त्री नरदेबि पुन्को पालामा गन्डकी प्रदेश सर्कारले गन्डकि प्रदेशका ११ वोटै जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्य्क्रम अन्तर्गत हाल्सम्म १२ वोटा जिल्लामा विभिन्न स्वास्थ सन्स्था, स्कुल, प्रहरी कार्य्लय, अस्पताल पुगेको छ।

    यस यु क्यान सेभ फाइभ लाइफ अभियानका कल्पानाकार डा पन्थी हाल नेपाल एब बेलायतमा कार्यरत डाक्टर हुन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ