Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘घण्टीलाई मात्रै होइन घण्टीले बजाउन पनि मिल्छ’, मुद्दा हालेर दिक्क पारेपछि लामिछानेको आक्रोश


ग्लोबल पाना
बिहीबार , जेठ ११ २०८०
  • 371
    SHARES

  • images
    ‘घण्टीलाई मात्रै होइन घण्टीले बजाउन पनि मिल्छ’, मुद्दा हालेर दिक्क पारेपछि लामिछानेको आक्रोश

    काठमाडौं । आफूविरुद्ध पटक पटक मुद्दा हालेर दिक्क मात्र बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालमार्फत आक्रोश पोखेका छन् । उनले आफूविरुद्ध मुद्दा हाल्नेले नियोजित रुपमै हैरानी दिन खोजेको आरोप लगाउँदै भनेका छन् ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’

    images
    images
    images

    उनीविरुद्ध केही समयअघि युवराज पौडेल सफलले मुद्दा हालेका थिए । पहिले सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको यो मुद्दा अहिले भने न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता भएको छ । यो रिटमाथि आगामी जेठ १७ मा सुनुवाइ हुँदैछ । लामिछानेले यसप्रति कटाक्ष गर्दै सामाजिक संजालमा आक्रोश पोखेका हुन् ।

    लामिछानेले अगाडि लेखेका छन् ‘सर्वोच्च अदालतको मिती २०७९/१०/१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ। अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु ।’

    ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलीसकेको थिएँ ।’

    ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’

    लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन् । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ ।

    रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निणर्य नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

    लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ