Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने दायित्व कर्णालीकाे होः राजीव बिक्रम शाह


ग्लोबल पाना
शनिबार, जेठ १३ २०८०
  • 267
    SHARES

  • images
    प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने दायित्व कर्णालीकाे होः राजीव बिक्रम शाह

    सुर्खेत । कर्णाली प्रदेश सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु माथी धारणा व्यक्त गर्दै प्रदेशसभा सदस्य राजीव बिक्रम शाहले कान्छो प्रदेश भएका कारण प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने सबैभन्दा ठूलो दायित्व कणर्ाली प्रदेशको रहने बताएका छन् ।

    images
    images
    images

    शाहले कर्णाली प्रदेश कसैको निगाहमा नभएर जनताको लडाइँ बाट प्राप्त भएको कारण सरकारले निर्माण गर्ने बजेटमा प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको मुहार झल्कनुपर्ने सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारले पर्यटन,कृषि,पुर्वाधार, जलविद्युत र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

    टुक्रे योजना भन्दा परिणाम देखिने खालका योजना तर्जुमा गर्न उनले सरकार सङ माग गरेका छन् । तीन खम्बे अर्थ नीतिलाई कार्यान्वयन गर्न सरकार जिम्मेवार बन्नुपर्ने उनको धारणा छ , युवाहरूलाई कर्णालीमा केही गर्ने वातावरण सिर्जना गर्न बैज्ञानिक तवरले बजेट विनियोजन गर्न समेत शाहले माग गरेका छन् ।

    शाहले आर्थिक अराजकताको अन्त्य गर्दै समृद्ध कर्णाली निर्माणमा सबै जुट्नु आह्वान गरेका छन् । सरकारले खर्च घटाउने नीति लिए पनि चालु खर्च घटाउँदै पुँजीगत खर्च बढाउन आग्रह गरेका छन् । प्रदेशसभामा उठेका सकारात्मक सुझावलाई लिएर अगाडि बढ्न पनि नेता शाहले सरकारलाई आग्रह गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ