Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टिकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्छ : रेशम चौधरी


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 278
    SHARES

  • images
    टिकापुर घटनाको निष्पक्ष र न्यायोचित  छानबिन हुनुपर्छ : रेशम चौधरी

    काठमाडौं । आज जेलमुक्त भएका पुर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्। डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन्। उनी आज बिहान रिहा भएका हुन्।

    images
    images
    images

    ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ, यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, जेलबाट रिहा हुदैँ गर्दै उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो  यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे। थाहा पाउन निकै ढिलो भयो।’

    रेशम चौधरीलाई लिन उनकी पत्नि तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन्। जेलबाट रिहा हुँदा पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालाले उनको भब्य स्वागत गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ