Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रेशम चौधरी रिहा भएपछि गगन थापाकाे आक्राेश, यो राजाको शासन होइन


ग्लोबल पाना
मंगलबार, जेठ १६ २०८०
  • 269
    SHARES

  • images
    रेशम चौधरी रिहा भएपछि गगन थापाकाे आक्राेश, यो राजाको शासन होइन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

    images
    images
    images

    दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो। तर, सर्वोच्च अदालतको फैसलाको पूणर्पाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ।

    सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो।

    यही विषयलाई दिएर सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए। आफूलाई अफ्ठ्यारो पर्दा विधिभन्दा बाहिर गएर निणर्य गर्न नहुने उनको भनाइ छ। ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो।

    गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ,’ उनले भने, ‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइँ गरेर हामी कुनै निणर्य गर्छौं। अदालतको पूणर्पाठ भएको छैन। हतार हतार निणर्य गर्छौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरे पनि हुन्छ भन्यौं।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ