Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 300
    SHARES

  • images
    ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

    सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए ।

    मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ