Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

२ छोरासहित आमाले विष खाइन्, १ छोराको मृत्यु


ग्लोबल पाना
बिहीबार , जेठ १८ २०८०
  • 398
    SHARES

  • images
    २ छोरासहित आमाले विष खाइन्, १ छोराको मृत्यु

    हेटौडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

    images
    images
    images

    झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    साथै आमा सोनी र अर्को छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ