Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गर्मी बढे पछि रौतहटका विद्यालय १ हप्ताका लागि बन्द


ग्लोबल पाना
शुक्रबार, जेठ १९ २०८०
  • 351
    SHARES

  • images
    गर्मी बढे पछि रौतहटका विद्यालय १ हप्ताका लागि बन्द

    रौतहट । अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि बिद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट विद्यालय बन्द भएका हुन ।

    images
    images
    images

    सो समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजवाट बिधालय बन्द हुन लागेका हुन् ।

    अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि बिद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।

    हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ