Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 324
    SHARES

  • images
    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो। गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर-५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो।

    images
    images
    images

    दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो। भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।

    मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ