Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ओडिशा रेल दुर्घटना, तीन दिन बितिसक्दा पनि सयभन्दा धेरै शवको पहिचान हुन सकेन


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 341
    SHARES

  • images
    ओडिशा रेल दुर्घटना, तीन दिन बितिसक्दा पनि सयभन्दा धेरै शवको पहिचान हुन सकेन

    काठमाडौं । ओडिशाको बालासोरमा शुक्रबार भएको भीषण रेल दुर्घटनामा मारिएका २ सय ७५ जनामध्ये अहिलेसम्म १७० जनाको मात्रै पहिचान भएको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार बालासोरमा ८५ शवको पहिचान भएको छ भने भुवनेश्वरमा ८५ जनाको मात्रै पहिचान भएको छ।

    images
    images
    images

    मृतकहरुको पहिचान गरी परिवारलाई बुझाइएको उनले बताए । दुर्घटनामा ज्यान गुमाउने १०५ जनाको अझै सनाखत हुन सकेको छैन । आइतबारसम्म ८८ जनाको मात्रै शव पहिचान हुन सकेको थियो ।

    ओडिशा सरकारले मृतकको तस्बिरसहितको सूची तयार गरी तीन सरकारी वेबसाइटमा अपलोड गरेको छ। सरकारले आवश्यक परे मृतकको डीएनए परीक्षण पनि गर्ने जनाएको छ ।

    पहिचान पछि, ओडिशा सरकारले मृतकका आफन्तहरूलाई आफ्नो इलाकामा लैजान निःशुल्क व्यवस्था गरेको छ। तर, यसअघि शवको पोष्टमार्टम हुनेछ । शव पहिचान गरेपछि परिवारका सदस्यलाई क्षतिपूर्ति दाबी गर्न कुनै अप्ठ्यारो नहुने र मृत्यु प्रमाणपत्र पाउने व्यवस्था मिलाइएको मुख्य सचिवले बताए ।

    मृतकका आफन्तले भुवनेश्वरमा अन्तिम संस्कार गर्न चाहेमा त्यसको पनि व्यवस्था प्रशासनले गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ