गण्डकी । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र कास्कीमा प्रहरीहरुको लागि "तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ" वा यु क्यान सेभ फाइभ लाइभ्स" तालिम सम्म्पन्न भएको छ।
कार्यक्रममा सहभागिहरु गण्डकी प्रदेशभित्रका प्रहरी अफिसर र प्रशिक्षार्थी प्रहरी जबानहरु पहिलो लट ७४ जना र दोश्रोमा ३२६ गरि ४०० जनाले लिए । कार्यक्रम सन्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक डि एस पि कृष्ण कार्कीले गर्नुभएको थियो।
कार्यक्रममा डा. पन्थीले आपतकालीन अबस्थामा घटना स्थलमा नै ५-७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभएको थियो भने प्रतीक्षा पन्थी र नर्स सरिता ले सहयोग गर्नु भएकाे थियाे ।
तालिमको बिषयबस्तु हरु :
१.घाटिमा तत्काल केही अडकिएर या सर्किएर निसासिदै गरेको बिरामिलाइ तीन मिनेटमा बचाउन गरिने बिधि
२.हृदय घात हुदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी
३. घट्ना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि
४. प्राइमरी सर्बे र बेहोस हुदा अपनाउनु पर्ने CPR विधि
५. संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु जस्लाइ आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु थिए ।

सहभागी प्रहरीहरु यो तालिम धेरै उपयोगी र ड्युटीमा जिल्ला जिल्लामा खटिदा पाँच ब्यक्ती मात्र होइन सयौं ब्यक्तिहरु बचाउन सक्ने हुनाले तालिम आयोजक र प्रशिक्षकलाई धन्यवाद दिदै पुनर्ताजगी तालिम भैरहनुपर्ने बताए ।
प्रहरी नायब उपरीक्षक डि एस पि कृष्ण कार्की डा. पन्थीकाे एक जनाले पाच जनाको जीवन बचाउने तालिम आफुले २ पटक लिसकेको हुनाले सम्पुर्ण प्रहरीलाई दिदा जिल्लामा खटिएका प्रहरीहरुले हजारौं जीवन बचाउन सक्छ्न भन्ने उदेश्यले तालिम केन्द्रको नियमित तालिम अन्तर्गत संचालन गरिएको बताउनु भयो ।
प्रहरी वरिष्ठ उपरीक्षक एस एस पि अरुन पौडेलले तालिम केन्द्रका सबै प्रहरीलाइ यो जरुरी भएकोले यो तालिम गराउने भन्ने प्रतिबद्धता दिदै यो तालिमका कल्पनाकार डा. पन्थी लाई धेरै धन्यवाद एब अभियानलाई शुभकामना दिनुभयो ।
डाक्टर पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपालभरी लैजाने लक्ष्य जान्कारी गराउनु भयो यो जीवन बचाउने आभियान यसअघि गन्डकी प्रदेश सरकारले गन्डकी प्रदेशका ११ वोटै जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्यक्रम अन्तर्गत हाल्सम्म १२ वोटा जिल्लामा बिधालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा पुगेको छ।
यस अभियानका कल्पानाकार डा. पन्थी हाल नेपाल एब बेलायतमा कार्यरत डाक्टर हुनुहुन्छ । उँहा हातेमालो अभियान नेपालकी संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


