अबुजा । उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ। उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन्।
छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए।
स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुंगा पल्टियो।
डुंगामा एक सयभन्दा बढी मानिस सवार थिए। बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घन्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए। अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन्।
नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुंगा दुर्घटनाहरू सामान्य छन् जहाँ स्थानीय रूपमा बनाइएका डुंगाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


