Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फोहोर ब्यवस्थापन टाउको दुखाईको बिषय मात्रै नभई बिकराल समस्याको रुपमा


ग्लोबल पाना
मंगलबार, कात्तिक २९ २०७९
  • 313
    SHARES

  • images
    फोहोर ब्यवस्थापन टाउको दुखाईको बिषय मात्रै नभई बिकराल समस्याको रुपमा

    - आनन्द प्रसाद प्याकुरेल

    images
    images
    images

    नेपालका अधिकांश शहरहरुमा उद्योग, कलकारखाना, कार्यलय, होटल ब्यवसाय तथा घरधुरीहरुबाट निस्कने फोहोर ब्यवस्थापन टाउको दुखाईको बिषय मात्रै हैन बिकराल समस्याको रुपमा देखा परेको छ र यस्को ब्यवस्थापनका लागी बर्षेनि खरबौ रुपैया खर्च हुनका साथै ठुलो संख्यामा मानविय तथा भौतिक श्रोत साधनको खर्च हुने गरेको छ । तथापि, यसको ब्यवस्थापन भने अल्पकालीन हुनका साथै कालान्तरमा यसले पार्ने वातावरणीय प्रभावको आकलन गर्न झन कठिन छ ।

    किन भयो यस्तो ?

    हामीले हाम्रा उद्योग ब्यवसाय तथा घरधुरीहरुबाट निस्कने अनावश्यक बस्तुहरुलाई फोहोरको रुपमा मात्रै हेर्यौं, उद्योग कलकारखाना तथा घरधुरीबाट उब्रेका चिजहरुलाई एकैठाउँमा राखेर हामी आफैंले त्यसलाई पुन प्रयोगहुने बस्तुको रुपमा हैनकि केवल फोहोर बनाउने काम गर्यौं अनी त्यसको पुर्नउपयोगिताको बारेमा ज्ञान नहुनाले त्यसलाई केवल खेर जाने वस्तुको रुपमा लिने र आफ्नो घर कम्पाउण्ड बाट बाहीर लगेर थुपारीदिए पछि आफुले बिसर्जन गरेको र आफ्नो दायित्व सकिएको आभाष गर्न थाल्यौ र अव यसको जिम्मा सरकारको मात्रै हो भन्ने अवधारण अनुरुप ब्यवहार गर्न थाल्यौ ।

    सरकारले पनि टोल, चोक र सडक किनारमा ल्याएर फालीएका फोहोरहरुलाई उठाएर शहर भन्दा केहि पर कुनै एक स्थानमा लगेर थुपारीदिनु लाई नै फोहोर ब्यवस्थापन गरेको भनेर आफ्नो दायीत्व पुरा भएको सोच्न थाल्यो । यसरी फोहर ब्यवस्थापन गर्ने शैली र प्रकृया बर्षौ बर्ष देखि निरन्तर चल्दै आयो र हाम्रो दैनिकि यसरीनै चल्न थाल्यो भने साना बालबालिका हरुले समेत यहि कार्यशैलीलाई सिके मात्रै हैन गहिरो संग आत्मसाथ गर्न थाले जसको कारण दिनानुदीन फोहोर ब्यवस्थापन गर्ने कुरा झन-झन जटील बन्दै गयो ।

    के के होलान त शहर बजारमा उत्सर्जन हुने फोहोरहरु ?

    हामीले हाम्रो दैनिकी संचालन गर्दा प्रयोगमा ल्याउने र त्यसबाट उब्रने चिजहरु विशेष गरी दुई प्रकारका हुन्छन ।

    १. जैविक चिज (जसलाई कुहिने बर्गमा राखीन्छ)

    २. अजैविक चिज (जसलाई नकुहिने बर्गमा राखीन्छ)

    यस्ता दुई प्रकारका चिजहरुमा पनि पहिलो कुहिने बर्गको चिजहरुलाई त पुनः घरधुरी स्तरमै मल बनाएर प्रयोग गर्न सहज रुपमा सकिन्छ तर कुहिने भन्दा नकुहिने बर्गको चिजहरुको प्रकार र उपयोगिता तथा यसको पुनःप्रयोगको तरीकाहरु केही खर्चिलो र झन्झटिलो हुन्छ ।

    त्यसो भए अब के गर्ने त ?

    १. बिद्यालयस्तर देखीनै बालबालीका हरुलाई फोहोर लाई “फोहोर हैन कि मोहोर हो” भन्ने शिक्षा दीनु पर्दछ यसका साथै आफुले दैनिक प्रयोगमा ल्याएका सामाग्रीहरुबाट खेरजाने बस्तु हरुलाई कसरी? काहाँ? कहिले? बिसर्जन गर्ने भन्ने बिषयमा ज्ञान दीनु पर्दछ ।

    २. सरकारले नागरिकहरुका घरधुरी बाट निस्कने फोहोरहरुलाई बर्गीकरण नगरी ल्याएमा संकलन नगर्ने निति बनाउनु पर्दछ र हरेक टोलमा रहेका चोकहरुमा घाम पानि नछिर्ने गरी फोहोर संकलन गर्ने अनी कुहिने किसिमका फोहोर (स्थान अभावको कारण जसले आफैले कुहाएर मल बनाउन सक्दैन उनिहरुका लागी), नकुहिनेमा प्लाष्टिकजन्य बस्तु, शिशााजन्य बस्तु, फलामजन्य बस्तु, कपडाजन्य बस्तु र काठजन्य बस्तु राख्नको लागी अलग अलग ठुला ठुला ड्रमको ब्यवस्था गर्ने र त्याहाँ सि सि क्यामरा जडान गरीदीने यदि कोहि कसैले फोहोर बर्गीकरण नगरी एकै ठाउँमा मिसाएको खण्डमा कारबाही गर्ने ।

    ३. हरेक पसल, होटल हरुमा फोहोर संकलन गर्ने डष्टविनहरु राख्न अनिवार्य गर्ने ।

    ४. बाटोमा पैदल यात्रि वा सवारी यात्रि हरुले गुट्खा, चुरोट, खैनि, पानी , चक्लेट आदी खाएर जथाभावि नफाल्नको लागी जागरण गराउने र यदि नियमको पालना नगरेमा जरिवाना गराउने ।

    ५. हरेक चार पाङ्ग्रे सवारी साधनहरुमा अनिवार्य रुपमा डष्टविन राख्ने ब्यवस्था मिलाउने ।

    ६. हरेक घरधुरी बाट उत्सर्जन हुने फोहोर लाई घरधुरी स्तरमै बर्गीकरण गरेर अलग-अलग राख्नु पर्दछ । जस्तैः

    •  कागज जति एउटा बोरामा राख्नुस बिक्रि हुन्छ (अण्डाको क्रेट बनाउने उद्योगले लीन्छ) बिक्रि भएन भने कुहिने चिज भएको भाँडोमा राख्नुस कुहिएर मल बन्छ । 
    • प्लाष्टिक जति एउटा बोरामा राख्नुस त्यो पनि बिक्रि हुन्छ (प्लाष्टिक उद्योगले लिन्छ) 
    • फलाम जति एउटा बोरामा राख्नुस बिक्रि हुन्छ (फलाम उद्योगले लिन्छ ) 
    • काठका टुक्रा एउटा बोरामा राख्नुस बिक्रि हुन्छ (इँटा उद्योगले लिन्छ) बिक्रि नभए जाडो मौषममा आगो बालेर ताप्न काम लाग्छ । 
    • पुराना कपडाहरु धोएर एउटा बोरामा राख्नुस बिक्रि हुन्छ वा त्यसलाई फीटेर पुन कुसन , डस्ना बनाउन काम लाग्छ । 
    • सकभर खाना खेर नफालौं, यदि खेर जाने अवस्था आयो भने यसलाई तरकारी केलाउँदा खेर जाने बस्तुसंग मिलाएर डिकम्पोजर (मल बनाउने) ड्रममा राख्नुस अनी मल बनेपछि करेसाबारी वा कौसी खेतिमा प्रयोग गर्न सकिन्छ । यसरी संकलीत बस्तुहरुलाई प्रशोधन गरी पुन प्रयोगमा आउने उद्योगहरु (जस्तैः कमपोष्ट बनाउने , प्लाष्टिक बाट फाइवर बनाउने बा प्लाष्टिक दाना बनाउने, पुराना कपडा पेलेर कुसन डस्ना बनाउने, शिशाका बोतल पेलेर धुलो बनाई ड्रममा भरेर पुन ठुला कारखाना हरुमा पठाउने, आलमुनियमजन्य बट्टा हरुलाई पगालेर पुन सामाग्रीहरु बनाउने) खोल्नका लागी ब्यवसायीहरुलाई उद्योग संचालन गर्नका लागि आकर्शित गरी सुरुमा लाग्ने लागत रकममा ५० प्रतिशत अनुदान दीने र यस्ता किसिमका उद्योगहरुलाई वार्षिक आयकरमा समेत सहुलियत दीने ब्यवस्था मिलाउने ।

    ७. सरकारले टेकुमा राखेको फोहोरबाट बिजुलि निकाल्ने प्लान्टलाई मर्मत गरी पुन संचालन गर्ने र अन्यत्र पनि यस्तै प्लान्टहरु राख्ने ।

    ८. सरकारले फोहारबाट ग्यास उत्पादन गर्ने प्लान्टहरुको स्थापना गर्ने ।

    ९. भवन निमाणर्का क्रममा निस्कने बस्तुहरु जस्तै ढुङ्गा, माटो, गिटी, बालुवा, इँटाका टुक्रा हरु तथा ढलान फोर्दा निस्कने कंङक्रिटहरुलाई शहरका विभिन्न खाली स्थानहरुमा जम्मा गर्ने ब्यवस्था मिलाउने र त्यसलाई सडक निमाणर्का लागि र सडकमा खाल्डाखुल्डि पुर्ने तथा बर्खामा पानि जम्ने होचा स्थानमा पुर्न काम लाग्छ र निर्माणमा लाग्ने खर्च लागत समेत कम हुन्छ ।

    १०. कमसल खालका प्लाष्टिकहरुलाई पगालेर सडक पिच गर्ने स्थानमा प्रयोग गर्ने । यतिधेरै अथाह सम्भावना बोकेको अझ भनौ कच्चा पदार्थको खानी फोहोरलाइ हामीले साधारण होसीयारी समेत नअपनाई सबै किसिमका बस्तुहरु लाई एकै स्थानमा मिसाएर त्यसलाइ एकदमै दुर्गन्धित बनाउने र पुन त्यसको बर्गीकरण गर्न असहज हुने किसिमले थुपारी दीन्छौं अनि सरकारले पनि फोहोर मैला बिसर्जनका नाममा शहरबाट संकलन गरेर पुन अर्को स्थानमा थुपार्ने काम गर्छ र भन्ने गर्छकि फोहोर बिसर्जन गरीयो भनेर, तर के बिसर्जनको अर्थ एकत्रित गरेर थुपार्नु हुन्छ र ? बिसर्जजन गर्नु भनेको त त्यससलाई तह लगाइसकेपछि पुन त्यसवाट समस्या सिर्जना हुनु भएन ।

    अतः हामीले शहरको फोहोर ब्यवस्थापन भनेको हाम्रो साझा जिममेवारी हो फोहोर ब्यवस्थापनका लागी त अझै सरकारको भन्दा पनि फोहोर सिर्जना गर्ने ब्यक्ति बढी जिम्मेवार हुनु पर्दछ भन्ने कुरालाई आत्मसाथ गर्न सक्नु पर्दछ । राज्यले त केवल नागरिकहरुलाई फोहोर ब्यवस्थापनको लागी योजना र अवससरहरु देखाउदै नागरिक शिक्षा सहित सहजिकरणको काम गर्ने हो । तसर्थ हामीले फोहरलाई चिन्न सक्यौं र सचेतता पुर्वक यसलाई उद्योगहरु संचालन गर्ने कच्चा पदार्थ र उर्जाको श्रोत हो भनेर बुझ्न सकेको खण्डमा शहरमा उत्सर्जन हुने फोहोरहरु समस्या हैन अथाह अवसर र योजनाहरु बोकेर तापाई हामीहरुलाई नियाल्दैछन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ