Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 279
    SHARES

  • images
    छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

    काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्‍ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    रूपन्देही, तिलोत्तमा नगरपालिका-६ स्थित १२ नम्बर नजिक भित्री सडकमा लु.१० प ४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानरपालिका-१८ पोखरावारी बस्ने २५ वर्षीय सोहन कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

    अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ टिमुरे गैरास्थित सडकमा रा.४ त ४२९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका-१ कोल्बोट बस्ने २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

    कैलाली, धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नास्थित सडकमा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ