Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता


ग्लोबल पाना
सोमबार, असार ४ २०८०
  • 295
    SHARES

  • images
    पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

    फुङ्लिङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो।

    images
    images
    images

    सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए । त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

    वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए। उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ।

    ओढारमा बसेका तीन जनाको सम्पर्क

    ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।

    बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका-७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।

    निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका-७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

    उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिनएको छ।

    उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी पर्र्र्र्र्र्र्र्र्र्र्र्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ।”

    सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ। आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए।

    उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ