पाेखरा । पोखरा लाइन्स क्लब अफ पोखरा संगम र माझठाना पोखरा सम्पर्क समाजको संयुक्त आयोजनामा पोखरामा एक दिने स्वस्थ्य सम्बन्धी परामर्श तालिम सम्पन्न भएको छ। जसमा अन्तर्राष्ट्रिय डाक्टर लक्ष्मी पन्थीले "तपाईंले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ" भन्ने तालिम र प्रोफेसर डाक्टर निर्मल लामिछानेले स्वस्थ जिबनकाे लागि मनो परामर्श बिसयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा डा. पन्थीले आपतकालीन अबस्थामा घटना स्थलमा नै ५-७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभएको थियो भने प्रतीक्षा पन्थी, पुष्पा थापाले सहयोग गर्नु भएकाे थियाे ।
एक जनाले ५ जनाको जीवन बचाउने बिषयहरु:
१.घाटिमा तत्काल केही अडकिएर या सर्किएर निसासिदै गरेको बिरामिलाइ तीन मिनेटमा बचाउन गरिने बिधि
२. हृदय घात हुदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी
३. घट्ना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि
४. प्राइमरी सर्बे र बेहोस हुदा अपनाउनु पर्ने CPR विधि
५. संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु जस्लाइ आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु थिए ।
कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी लाइन्स क्लब ३२५ के का गभर्नर राजेन्द्र कुमार बाटाजुले यो जीवन बचाउने तालिम अत्यन्तै जरुरी रहेको र थप अन्य जिल्लामा यो तालिम गर्ने प्रतिबद्धता दिनुभयो।
९० जनाको सहभागिता रहेको सो कार्यक्रममा स्वागत गर्दै लाइन्स क्लब्का अध्यक्ष इन्जिनियर गणेश साप्कोटाले जीवन बचाउने तालिम आफ्नो कार्यकाल्मा आफ्नो क्लब भित्रका सबैलाइ लाइफ सेभर बनाउने र आप्त्कालिन अबस्थामा ब्यक्तिको ज्यान बचाउन सकिने उदेश्यले दोश्रोपटक राखेको जानकारी दिनुभयो भने कार्यक्रमको सम्योजक एवं फर्स्ट लेडि नर्स सरिश्मा सापकाेटाले यो तालिम हरेक ब्यक्तिले घटना स्थलमा नै जीवन बचाउन सकिने हुनाले क्लब ब्यक्ति हरु समाजमा विभिन्न तहमा काम गर्दै गर्दा धेरैको ज्यान जोगाउन सकिन्छ भन्ने उदेश्य राखेर गरिएको र कार्यक्रम अति प्रभावकारी रहेको जानकारी दिनुभयो।
कार्यक्रम पछि कार्यक्रमका अध्यक्ष एवं माझठाना सम्पर्क समाजका अध्यक्ष भोला नाथ ओझाले कार्यक्रम धेरै फलदायी भएको हुनाले आउने दिन्हरुमा पनि गरिने र जीवन बचाउने आभियानका कल्पनाकार डा. पन्थीलाइ दुबै संस्थाको तर्फबाट संमान गर्दै धन्यवाद दिनुभयाे।
डाक्टर पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपालभरी लैजाने लक्ष्य रहेकाे जानकारी गराउनु भयो । यो जीवन बचाउने आभियान यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ वोटै जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्यक्रम अन्तर्गत हालसम्म १२ वोटा जिल्लामा विद्यालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा पुगेको छ।
अभियानका कल्पानाकार डा. पन्थी हाल नेपाल एवं बेलायतमा कार्यरत डाक्टर हुनुहुन्छ । उहाँ हातेमालो अभियान नेपालकी संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


