काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रले लिङ्देनले परिवर्तन सकारात्मक भएपनि त्यसलाई उल्ट्याउनु पर्ने टिप्पणी गरेका छन्। जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसको रक्षाका लागि समाजवादी मोर्चा गठनप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले परिवर्तन सकारात्मक भएन भने त्यसलाई उल्ट्याउनुपर्ने टिप्पणी गरेका हुन्।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दल सम्मिलिन समाजवादी मोर्चा घोषणा गरिएको थियो। सो क्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले गणतान्त्रिक व्यवस्था नै उल्ट्याउने प्रयास भइरहेको जिकिर गरेका थिए।
दाहालको उक्त भनाइको अध्यक्ष लिङ्देनले प्रतिवाद गरेका हुन्।
‘परिवर्तन सकारात्मक भएन र त्यो परिवर्तन केही व्यक्ति, तिनका परिवार र नातागोताका लागि मात्र भयो’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश र जनताले अहिले जस्तै दुःख पाइरहे भने जे आवरण दिनुहोस्, जे जे मोर्चा बनाउनुहोस्, तपाईंको त्यस्तो महान् उपलब्धि (परिवर्तन) लाई बारम्बार उल्टाइरहनुपर्ने हुन्छ। जबसम्म परिवर्तन जनताका लागि हुँदैन।’
.gif)




 x 450 (H) Global Pana.jpeg)


