काठमाडौं । आइसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसीले ४ विकेट लिएका छन् ।
अमेरिकाको इनिङको पावरप्ले समेत नसकिँदै करणले ४ विकेट लिएका हुन् । यससँगै अमेरिका ब्याकफुटमा पुगेको छ । करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे ।
त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । तेस्रो विकेटको रुपमा उनले कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने चौथो विकेटको रुपमा नोस्थुस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।
१० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा मात्रै १९ रन बनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


