Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लेखा व्यवस्थापन प्रणाली सम्बन्धी तालिम


ग्लोबल पाना
आइतबार, असार ३ २०८०
  • 284
    SHARES

  • images
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लेखा व्यवस्थापन प्रणाली  सम्बन्धी तालिम

    चितवन । चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालले कर्मचारीहरुको लागि लेखा तथा कार्यालय व्यवस्थापनसम्बन्धी तालिम दिएको सुरु भएको छ । निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रीय कार्यालय, संकाय, निर्देशनालय एवम् आंगिक क्याम्पसहरुका सामान्य प्रशासन शाखाअन्तर्गत भण्डार तथा खरिद इकाइमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ म्यानुअल इम्प्लिमेन्टेसन प्रोसिडुअर्स’ तालिम सुरु भएको हो ।

    images
    images
    images

    यस तालिम ३ दिनसम्म सञ्चालन हुने छ । विश्वविद्यालयका उपकुलपति प्रा डा. पुण्यप्रसाद रेग्मीले तालिमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा. रेग्मीले सहभागीलाई तालिमको औचित्य पुष्टि हुने गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याई विश्वविद्यालयको सम्पूर्ण निकायहरुको खरिद र भण्डार व्यवस्थापनका कार्यहरुमा एकरुपता र पारदर्शिता कायम गर्न निर्देशन दिनु भयो ।

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको नयाँ लेखा व्यवस्थापन प्रणाली बारेमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनु भयो । नयाँ प्रणालीमा अभ्यास गर्दै जाँदा पोख्त हुने भएकाले तालिमको सिकाइलाई अभ्यासमा ल्याउनुपर्ने उहाँको विचार छ ।

    कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान पशु चिकित्सा एवम् मत्स्य विज्ञान संकायका डीन प्रा. डा. होमबहादुर बस्नेत, वन विज्ञान संकायका डीन डा.गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    तालिममा विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंगाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत सञ्जिव न्यौपाने, वरिष्ठ इन्जिनियर कृष्णबहादुर अधिकारीलगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुहुनेछ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ