Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरै छ : महासचिव गुरुङ


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 278
    SHARES

  • images
    नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरै छ : महासचिव गुरुङ

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै उहाँले अव समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताउनु भएको छ । संवाद डबलीमा बुधबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताउनु भयो ।

    images
    images
    images

    “कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ। कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ”, गुरुङले भन्नु भयो। देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको उहाँको भनाइ थियो । नेता गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढङ्गको उत्पादन प्रणालीको विकल्प नभएको बताउनु भयो ।

    उहाँले भूमि सुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । कृषि प्रधान देश भनिएको तर कुनै कृषि वस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताउदै उहाँले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताउनु भयो । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ