Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बालेन र हर्कलाई पार्टीमा जोड्न पाए असाध्य राम्रो हुन्थ्यो : रवि लामिछाने


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 334
    SHARES

  • images
    बालेन र हर्कलाई पार्टीमा जोड्न पाए असाध्य राम्रो हुन्थ्यो : रवि लामिछाने

    काठमाडौं । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बालेन र हर्कलाई पार्टीमा जोड्न सके असाध्य राम्रो हुने बताए । २०८४ मा पार्टी स्वतन्त्रले साँच्चिकै स्वतन्त्रहरू हर्क बालेनलाई समेट्न सक्ला कि नसक्ला भन्ने प्रश्नमा उनले भने, ‘यो राम्रो हुन्थ्यो । त्यस्तो साथीहरूलाई हामीले जोड्न सके असाध्य राम्रो हुन्थ्यो ।’ 

    images
    images
    images

    उनीहरूलाई पार्टीमा जोड्ने चाहना रहेको भन्दै आफूहरू एक सय प्रतिशत सकारात्मक रहेको लामिछानेको भनाइ छ । ‘त्यो हाम्रो चाहना छदै छ । हाम्रो चाहना अनुरूप अन्य साथीहरूले पनि सोचिदिनु भयो भने हामी हाम्रो तर्फबाट एक सय प्रतिशत सकारात्मक छौँ,’ उनले भने ।

    उनीहरूको कामको प्रशंसा  गर्दै आएको उनको भनाइ छ । लामिछानेले भने, ‘ हाम्रो सम्बन्ध पनि सौहार्दपूणर् नै छ । मैले उहाँको कामको निरन्तर प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ बालेन र हर्कलाई रास्वपाका जोड्न पाए आफ्ना लागि खुसीको कुरा हुने लामिछानेले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ