Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साफ च्याम्पियनमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुँदै


ग्लोबल पाना
शनिबार, असार ९ २०८०
  • 296
    SHARES

  • images
    साफ च्याम्पियनमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । नेपाल फुटबल टिम र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ। आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।

    images
    images
    images

    दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ। पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो। पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए।

    सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन्। आजसम्म दुवै देश बिच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ।

    बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ