Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा


ग्लोबल पाना
सोमबार, असार १८ २०८०
  • 415
    SHARES

  • images
    नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

    काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरलाई ९७ रनले परापजत गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।

    images
    images
    images

    एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए।

    यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यस्तै अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए। बलिङतर्फ सिंगापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए।

    सिंगापुरका लागि ब्याटिङ गर्ने क्रममा रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए। बलिङतर्फ नेपालका कार्तिक कामतले दुई दशमलव तीन ओभरमा नौ रन दिँदै तीन विकेट लिए। यस्तै सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक/एक विकेट लिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ