Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फिष्टेल एकेडेमी अध्ययनरत प्रनिसाले ४ जिपिए ल्याइन्


ग्लोबल पाना
बिहीबार , असार २१ २०८०
  • 582
    SHARES

  • images
    फिष्टेल एकेडेमी अध्ययनरत प्रनिसाले ४ जिपिए ल्याइन्

    पोखरा । पोखरा १७ विरौटा स्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचनले २०७९ को एसइइमा ४ जिपिए ल्याएर उत्तिर्ण भएकी छिन् । यस वर्ष उक्त विद्यालयबाट ३० जना विद्यार्थीले एसइइ दिएका थिए ।

    images
    images
    images

    प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् । विद्यालयका प्राचार्यका इन्द्र श्रेष्ठका अनुसार कास्की जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार ४ जिपिए ल्याउने उनि पहिलो छात्रा बनेकी छिन् ।

    मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आइबी फिलोसफीमा रहेर विषयबस्तु अनुसारको अभ्यास सहितको ज्ञानमा विद्यालयले जोड दिएको छ ।

    विकसित देशहरुको शिक्षा मोडेललाई नेपालमा पनि लागु गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य भएको उहाँको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ