Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एमालेलाई अब जुरुक्कै उठाउछौ, एमाले सचिब बिष्ट


ग्लोबल पाना
सोमबार, साउन ८ २०८०
  • 348
    SHARES

  • images
    एमालेलाई अब जुरुक्कै उठाउछौ, एमाले सचिब बिष्ट
    पोखरा । ने क पा एमालेका सचिब एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज गोकर्ण बिष्टले आफुहरु बिगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन। अब एमालेलाई जुरुक्कै उठाउने गरि कार्यक्षेत्रमा एबम जनताको घर घर मा गएर खटिनु पर्ने उल्लेख गरे
     
    ने क पा ( एमाले ) कास्कीको आयोजनामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अबशरमा " नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान " बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिब बिष्टले बिगतका बिकासमा गरेका काम संगै आफ्ना योजना र बिकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे।
     
    कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको बिचार कयौं दशक सम्म सान्दर्भिक रहने उल्लेख गरे। अधिकारीले नेपाली राजनितीको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे।
     
    कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले बिकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन ।
     
    एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रबचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र संचालन सचिब बैन बहादुर अधिकारीले गरेका थिए।
     
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ