काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक बनाउने जिम्मेवारी अवबयुवाहरुले लिनुपर्ने बताएका छन् ।शुक्रबार ललितपुरमा योङ्ग प्रोफेशनल फेलोसिप नेपाल २०२३ कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति गर्नेहरुले देशलाई स्वर्गको टुक्रा जस्तो बनाउन नसकेको भन्दै अव युवाहरुले यसको जिम्मा लिनुपर्ने बताएका हुन् ।
देशलाई परिवर्तन गर्न र नयाँ व्यवस्था स्थापित गर्ने आन्दोलनमा राजनीतिज्ञहरुको आवश्यक भूमिका रहेको भन्दै उनले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्ने कुरामा भने अल्मलिएको बताए । अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई सशक्तिकरण गर्दा व्यक्तिलाई मात्रै नभई राष्ट्रको समग्र विकासका लागि पनि निर्णायक हुने धारणा राखे ।
युवाहरु विकासका मार्गदर्शक, नवप्रवद्र्धक भएकाले द्रूत गतिमा विश्वलाई परिवर्तित आकार प्रदान गर्ने काम पनि युवाहरुको नै भएको उनको भनाइ छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


