Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

घुडा दुख्ने समस्या (आस्टियो अर्थराइटीस आफ नी) के हो, यसको लक्षण र उपचार कसरी गर्ने ?


ग्लोबल पाना
मंगलबार, साउन १६ २०८०
  • 477
    SHARES

  • images
    घुडा दुख्ने समस्या (आस्टियो अर्थराइटीस आफ नी) के हो, यसको लक्षण र उपचार कसरी गर्ने ?
    ✍️डा. सबरी साह एम.डी.(आयुर्वेद)                       
    वरिष्ठ कन्सलटेंट आयुर्वेद                                         
    विज्ञ सिंहदरबार वैद्यखाना विकास समिति

    यो समान्यतया ४० वर्ष पछि महिला र पुरुष दुबै मा देखिने समान्य रोग हो ।यसको शुरुआत विस्तारै हुन्छ र क्रमशः विस्तारै वढदै जान्छ। अर्थात हामी ले के बुझनु परयो भन्ने वढदो उमेर को कारण रोग पनि वढदै जान्छ र यसको शुरुआत भइसके पछि जडै देखि निर्मूल गर्न कढिन हुन्छ।

    images
    images
    images

    वृद्ध- बृद्धाहरू यस वाट सब भन्दा बढी र नियमित रूप मा पीड़ित हुन्छ।यो समस्या पुरुष को तुलना मा महिलाहरू मा वढी हुन्छ साथै मोटो मानिस यस वाट वढी प्रभावित हुन्छ। वर्तमान समय मा गाऊघर र शहर बजार दुबै ठाउ का मानिसहरू यो रोगले पीड़ित छन।

    यो रोगको शुरुआत घुडामा एक चोटी भई सके पछि जड़ै देखि ठीक गर्न कठिन छ र रोगी एक पछि अर्को अस्पताल तथा डाक्टर को क्लीनिक जान बाध्य हुन्छ तर समस्या यथावत रहिरहनछ ।

    यसले दैनिक कामकाज लाई पनि प्रभावित गरछ। कारण :- यसको मुख्य कारण हाड़,जोर्नी, मांसपेशि तथा संयोजी तन्तु उमेर को प्रभाव को कारण कमजोर हुदै जानु हो लक्षण:-

    १. यसको शुरुआत प्रायः एऊटा घुडा बाट हुन्छ र धेरै मा दुबै घुडा बाट हुन्छ।

    २. शुरू मा हल्का दुख्छ र दुखाई क्रमशः विस्तारै विस्तारै वढदै जान्छ।

    ३. हिडडुल गर्दा वा भर्र्याङ् ऊकलिदा दुख्छ र आराम गर्ने बेलामा कम हुन्छ।

    ४. विस्तारै विस्तारै खुट्टा वङिन थल्छ।

    उपचार:-

    १ आयुर्वेदले भनेको खानपान, जीवनशैली तथा दैनिकीलाई व्यवस्थित गर्न सकियो भने रोग को प्रभाव लाई न्यूनीकरण गर्न सकिन्छ। अन्यथा यसले असहनीय पीड़ा वचुन्जेल दिन्छ र अन्त मा केही सिप न लागे पछि जोर्नी फेर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले यसको उपचार अयुर्वेद पद्धति वाट कुशल तथा अनुभवी चिकित्सक को निगरानी मा गर्दा उत्तम हुन्छ।

    २. यसको उपचार रोगी को आयु रोग को लक्षण तथा विभिन्न किसिम को जाच गर्दा देखिने समस्या को आधार मा गर्नु उपयुक्त हुन्छ। त्यही भएर मेरो अनुरोध सधै सजग रही जोर्नी स्वस्थ्य रख्नु होला ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ