Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मच्छिन्द्रले भुटानको पारो एफसी खेल्दै


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 451
    SHARES

  • images
    मच्छिन्द्रले भुटानको पारो एफसी खेल्दै

    काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मंगलबार भुटानको पारो एफसीसंग प्रतिष्पर्धा गर्दै छ । खेल मंगलबार साँझ साढे पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा हुने छ ।

    images
    images
    images

    एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्र पारो एफसीको सामना गर्न लागेको हो । खेलअघि सोमबार रंशालामा आयोजित प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलको तयारी राम्रो भएको बताएका छन् ।

    मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको बताए । उनले टीममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निस्कने धारणा राखे । त्यस्तै मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भुटानको पारो राम्रो टिम भएकाले खेल सुरु भएपछि रणनीति बुझेर त्यही अनुसार प्रदर्शन गर्नुपर्ने जिकिर गरे ।

    मच्छिन्द्रमा ७ जना खेलाडी थप गरिएको भन्दै उनले आवश्यकता अनुसार मैदानमा उत्राउने बताए । त्यस्तै पारोका कप्तान र प्रशिक्षकले पनि मच्छिन्द्र राम्रो टिम भएको र आफुहरुको पनि तयारी राम्रो भएको बताएका छन् । मच्छिन्द्रले मंगलबारको खेल जिते १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

    उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ । मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९÷८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ