Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ : गोकर्ण विष्ट


ग्लोबल पाना
बुधबार, साउन २४ २०८०
  • 385
    SHARES

  • images
    सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ  : गोकर्ण विष्ट

    पोखरा। नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन  पर्नेमा जोड दिएका छन्।

    images
    images
    images

    नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौं पूणर्  बैठकका निणर्य सार्वजनिक गर्दै उनले भने, “सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी रुपमा अगाडि बढ्नका लागि सुन काण्डको छानबिन समिति बनाउनै पर्छ।”

    वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे। साथै चौधौं  पूणर् बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निणर्य गरेको जानकारी दिइएको छ।

    त्यस्तै पोखराको उपयुक्त स्थानमा गण्डकी प्रदेश कमिटीको कार्यालय निर्माण, संगठन विस्तार, जिल्ला जिल्लामा प्रचार तथा  प्रकाशन विभागलाई पूणर्ता दिने, जिल्लास्तरीय प्रचार भेला तथा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम गर्नेलगायत निणर्य गरिएका छन्।

    स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनसंगठन पार्टीमा पोषण दिने जरा भएको हुँदा समन्वयको पाटोलाई प्रभावकारी बनाउन भेला उपलब्धि मुलुक बन्ने विश्वास व्यक्त गरे। साथै उनले स्थानीय तहमा अत्यधिक रुपमा वृद्धि गरिएको करको विरोध गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ