Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि बेसीशहरका विद्यालय बन्द


ग्लोबल पाना
बुधबार, साउन ३१ २०८०
  • 355
    SHARES

  • images
    अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि बेसीशहरका विद्यालय बन्द

    लमजुङ । अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ। बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो। आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो।

    images
    images
    images

    ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन्। सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ।

    विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए। अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसिशहर नगरपालिकाले जनाएको छ।

    जिल्ला भरिनै समस्या बढेपनि बेसिशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निणर्य ढिला गरेको अभिवाकको गुनासो छ। नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो। केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निणर्य भने नलिएको विद्यालय प्रशासन जनाएको छ।

    विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ। एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालकदेखि बृद्धसम्ममा फैलिइरहेको छ। विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ।

    आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ। भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ।

    यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैं औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ। संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक-पटक हात धुने गर्न चिकित्सकको सुझाव छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ