काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको बिकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागिसशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
उनले जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने बताए। लोकतन्त्रिक संविधान अनुसार दलहरु लोकतन्त्रिक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सवै चनाखो हुनुपर्ने जिकिर गरे।
त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूणर्बहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताए। उनले ऐनका माध्यमबाट कर्मचारीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
उनले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


